जाजरकोटको छेडागाडमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाईते

जाजरकोट : जाजरकोटको छेडागाडमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाईते भएका छन । सुर्खेतदेखि जाजरकोटको छेडागाड नगरपालिका १ साल्मा जादै गरेको कर्णाली प्रदेश ००१ च ०३४४ नम्बरको जिप हिजोे राति २ बजेको समयमा छेडागाड नगरपालिका २ घट्टेखोला नजिक दुर्घटना भएको हो ।

उक्त दुर्घटना हुँदा चालक सहित ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीकाअनुसार घाईते हुनेमा जाजरकोट छेडागाड नगरपालिका साल्माका अन्दाजी ४६ बर्षिय खड्क बहादुर रोकाय सोही ठाउँका अन्दाजी १८ बर्षिय चक्र बहादुर बुढा, २० बर्षिय निम बहादुर रावत रहेका छन ।

यस्तै सोही ठाउँकै २४ बर्षिय रत्न बहादुर रोकाय, २२ बर्षिय सुरेन्द्र बुढा र जिप चालक २५ वर्षिय कृष्ण बहादुर बुढा पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निरिक्षक पुष्कर पन्तले दर्शन खबरलाई जानकारी दिनुभयो ।

घाईतेहरुको जाजरकोट छेडागाड नगरपालिका १ स्थित स्वास्थ्य चौकी साल्मामा उपचार भईरहेको निरिक्षक पन्तले बताउनुभयो । जिप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

No description available.

No description available.

 

तपाईको प्रतिक्रिया