आसन्न हुने निर्वाचनमा जाजरकोटबाट ३ लाख बढी मतदाता सहभागी हुँदै

कुलेन्द्र शाही जाजरकोट : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जाजरकोटले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आगामी निर्वाचनका लागि जाजरकोटमा १ लाख तिन हजार तिन सय जना मतदाता रहेको निर्वाचन कार्यालय जाजरकोटका प्रमुख नविन कठायतले दर्शन खबरलाई बताउनुभयो ।

जसमा ५४ हजार ६ सय १ जना पुरुष मतदाता, ४८ हजार ७ सय ६० महिला र २ जना अन्य मतदाताले निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन । आगामी मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोटमा ३ वटा नँया मतदानस्थल थपिएका छन । जिल्लाभर ८८ वटा मतदान स्थल र १ सय ४२ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका प्रमुख कठायतले दर्शन खबरलाई जानकारी दिनुभयो । जाजरकोटमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । यसअघि गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ८५ वटा मतदान स्थल र १ सय ४२ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

कुन पालिकामा कति  ?

१) भेरी नगरपालिका
मतदान केन्द्र – २७
पुरुष मतदाता संख्या – ११ हजार १ सय ८५
महिला मतदाता संख्या – १० हजार ७ सय १८
अन्य मतदाता – १

२) नलगाड नगरपालिका
मतदान केन्द्र – २२
पुरुष मतदाता संख्या – ८ हजार ७ सय २८
महिला मतदाता संख्या – ७ हजार ६ सय ९९

३) छेडागाड नगरपालिका
मतदान केन्द्र – २७
पुरुष मतदाता संख्या – ११ हजार २
महिला मतदाता संख्या – २० हजार ६ सय २९
अन्य मतदाता – १

४) शिवालय गाउँपालिका
मतदान केन्द्र – १३
पुरुष मतदाता संख्या – ४ हजार ९ सय ५
महिला मतदाता संख्या – ४ हजार ३ सय ७८

५) बारेकोट गाउँपालिका
मतदान केन्द्र – १५
पुरुष मतदाता संख्या – ५ हजार ८ सय ७५
महिला मतदाता संख्या – ५ हजार ३ सय ५२

६) जुनिचाँदे गाउँपालिका
मतदान केन्द्र – १८
पुरुष मतदाता संख्या – ६ हजार ४ सय ४०
महिला मतदाता संख्या – ५ हजार ५ सय

७) कुशे गाउँपालिकामा
मतदान केन्द्र – १७
पुरुष मतदाता संख्या – ६ हजार ४ सय ६६
महिला मतदाता संख्या – ५ हजार ४ सय ८७

 

तपाईको प्रतिक्रिया