पञ्चा सिंह प्रदेश सभाका लागि सुर्खेतबाट सिफारिस

सुर्खेत : नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेश सभाका लागि उम्मेदवार सिफारिस भएकी छन् । माओवादी केन्द्रीय सदस्यसमेत रहेकी सिंह सुर्खेत क्षेत्र नम्बर २(२) बाट उम्मेदवार सिफारिस भएकी हुन् ।

कर्णालीका २४ प्रदेश सभामध्ये माओवादी केन्द्रबाट सिफारिसमा परेकी सिंह एक्लो महिला भएको बताइएको छ । माओवादी केन्द्रले महिला सिफारिस भएर आएमा पहिलो प्राथमिकता दिने मापदण्डसमेत बताएको छ ।


तपाईको प्रतिक्रिया