सुर्खेतमा गुडिरहेको भ्यानबाट खसेर दुई जना घाइते

सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाट नजिकै आज गुडिरहेको भ्यानबाट खसेर २ जना घाइते भएका छन् । घाइते हुनेमा सुर्खेतकै चौकुने गाउँपालिका–३ की १५ वर्षीया चन्द्रा सलामी र दैलेखको भगवतीमाई गाउँपालिका–२ की ३ वर्षीया बालिका मनिषा विक रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

आज मध्यान्ह १२ बजे भे १ ज ८९९ नम्बरको भ्यानको ढोका अकस्मात खुल्दा दुई जना भ्यानबाट खसेका थिए । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


तपाईको प्रतिक्रिया