खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा जिल्लामै उत्कृष्ट

सिमकोट – हुम्लाका सात वटा गाउँपालिकाका स्वास्थ्य शाखामध्ये खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा जिल्लामै उत्कृष्ट ठहरिएको छ। उक्त शाखा कार्य सम्पादन तथा मूल्यांकनका आधारमा सबैभन्दा बढी नम्बर ल्याएर उत्कृष्ट ठहरिएको हो।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार कार्य सम्पादन तथा मूल्यांकनका आधारमा जिल्लामा राम्रो काम गर्नेमा खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा पहिलो भएको हो।

९६ अंक ल्याएर उक्त शाखाका पहिलो भएको हो। गत वर्ष पनि उक्त गाउँपालिका पहिलो भएको थियो। त्यसैगरि दोस्रोमा सिमकोट गाउँपालिका र तेस्रोमा ताँजाकोट गाउँपालिकाका स्वास्थ्य शाखा रहेका छन्। चङ्खेली गाउँपालिका भने सातौं स्थानमा रहेको छ।देशसञ्चार

तपाईको प्रतिक्रिया