सुर्खेतमा करेन्ट लागेर एकजना घाइते भएका छन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ८ शिवालय चोक नजिक आज विहान साढे १० बजेको समयमा विद्युतको ट्रान्समिटर फेर्ने क्रममा विद्युत कर्मचारी ईलेक्ट्रीसियन लेकबेसी नगरपालिका ७ कल्याणका ४१ वर्षिय को नर बहादुर बंशी करेन्ट लागेर घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीकाअनुसार ईन्भटरको करेन्ट ब्याक हुन जाँदा करेन्ट लागी पोलबाट खसेर घाइते भई देउती नर्सिङ्ग होममा सामान्य उपचार पंश्चात कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भइरहेको छ ।


दर्शन खबर । २८ भाद्र २०७९, मंगलवार