दुर्गा विसि सल्लिवजार : पश्चिम सल्यानको सल्लिवजारमा रहेको सवुग गण घ गुल्मको कर्णेल गणेश राज पन्थले अनुगमन गर्नु भएको छ ।उक्त व्यारेक हालसम्म बङकरमै सिमित रहेको छ । सडक र आवसका लागि नेपाल आर्मीले निकै सामान गर्नु परिरहेको छ ।व्यारेक जानको लागि सडक राम्रो नहुदा नेपालि सेनालाई निकै समस्या भएको छ ।
अर्कोतिर हालसम्म वनले प्रक्रिया नवढाइ फाइल थन्क्याएर राख्नले नेपाली सेना वसेको व्यारेकको जग्गा सेनाको नाममा ल्याउन समस्या रहेको जनाएको छ । व्यारेक वसेको जग्गा नेपाली सेनाको नाममा नहुदा अन्य भौतिक पुर्वाधार निर्माणकार्यमा समस्या भएको छ ।
२०६१ सालमा स्थापना भएको सल्लि व्यारेकको जग्गा अहिलेसम्म नेपाली सेना आवासकाको नाममा नहुदा आउदो मंसिर ४ पछि सो गण सर्ने सुचना प्राप्त भएको छ ।जग्गा रजिस्ट्रेशनको फाइल बनमा गएर अट्किएको धेरै वर्ष पुग्यो । त्यसको निर्क्योल नहुदा व्यारेक आश्न प्रतीनिधि सभा र प्रदेश चुनाव लगत्तै सार्ने संकेत अनुगमनमा सल्लि व्यारेक पुगेको कर्णेल पन्थीको संकेत रहेको छ ।
१८ वर्ष पुग्दै गर्दा सवुज गण घ गुल्म सल्लिको वसाइ व्यवस्थापन निकै कठिनाई पुर्ण रहेको छ। माटाको बङकर भित्र वर्षातमा चुहिने सर्प दम्सको उतिकै खतरा लगाएका समस्या रहेको छ । पश्चिम सल्यान सल्लिवजारको यो नाका सुरक्षाको हिसाबले निकै खतरा मानिन्छ ।नेपाली सेना यो नाकामा वसे पछि स्थानीयलाई केही राहत समेत पुगेको थियोे ।
दुर्घटना,भवितव्यता आदि मुरामा नेपाली सेनाले नेपाल प्रहरीलाई सघाएको समेत देखिन्छ ।सल्लिवजारको माथिल्लो डाँडोमा लामो समय वस्दै आएको नेपाली सेना आफु वसिरहेका जग्गा नाममा नहुदा निकै समस्यामा परेको छ ।
राजनीतिक पहुच नहुदा विगत लामो समय देखि वस्दै आएको नेपाली सेना अन्त्वतागता यहाँबाट अन्यत्र सर्ने कर्णेल पन्थको भनाइ रहेको छ ।सल्यान पश्चिम पुगेका नेपाली सेनाका सल्यान प्रमुख पन्थीले राजनीतिक रुपमा यसको निकास निकालिदिन अनुरोध गर्नु भएको छ ।



दर्शन खबर । २७ भाद्र २०७९, सोमबार