चट्याङ लागेर दैलेखमा पाँच पशु चौपायाको मरे

दैलेख : दैलेखमा चट्याङ लागेर पाँच पशु चौपाया मरेका छन । दैलेखको नौमुले गाउँपालिका ६ सल्लेरीमा हिजो वेलुकी साढे ५ बजेको समयमा स्थानिय बलबिर सलामी मगरको एउटा भैसी र सोही ठाउँका गोरे बस्नेतको एउटा भैसी, पाडो र अनिल बुढाको एउटा गाई र एउटा गोरु गोठमा बाधेको अवस्थामा चट्याङ लागेर मरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

चट्याङ लागेर मानविय क्षती भने नभएको प्रहरीले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया