
सुर्खेत । पेशागत महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनीवार वीरेन्द्रनगरमा सम्पन्न भएको अधिवेशनले १४ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जसको अध्यक्षमा शिव प्रशाद पाण्डे, उपाध्यक्षमा दिप प्रशाद ज्ञवाली, भुमसिरा चपाँई, महासचिव प्रकाश भट्टराई, सचिव रिता बोहोरा र रेशम भण्डारी, कोषाध्यक्ष चन्द्र प्रकाश बराल, सदस्यहरु लक्ष्मी केसी, राधीका शाही, नवराज कार्की, चन्द्र बहादुर विष्ट, यादव थापा, प्रेम सिहं विष्ट र बुद्धी सागर गौतम चयन भएको पेशागत महासंघ कर्णाली प्रदेशका निर्वतमान अध्यक्ष राम बहादुर शाहीले जानकारी दिए ।
शुक्रबार भएको अधिवेशनको प्रथम अतिथी समेत रहेका नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णाली प्रदेशका ईन्चार्ज याललाल कंडेलले पेशागत महासंघ तथा अन्य एमाले निकट घटकहरुलाई मंसिर ४ गते हुने आम निर्वाचनमा केन्द्रीत भई गतिविधी संचालन गर्न निर्देशन दिएका थिए ।
नेपालमा २ वटा राजनितीक ध्रुव देखीएको भन्दै ५ दलिय गठबन्धनलाई परास्त गर्न एमाले एक्लै सक्षम रहेको र यसका लागी एमाले निकट भातृ संघ संगठनले विचलित नभई महत्वपुणर् भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
पेशागत महासंघ कर्णालीका निवर्तमान अध्यक्ष राम बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका स्कुल विभागका केन्द्रीय सदस्य गेहेन्द्र प्रशाद दाहाल, पेशागत महासंघका केन्द्रीय प्रतिनिधीहरु, कर्णालीका १० वटै जिल्लाका पेशागत महासंघमा आवद्ध पेशाकर्मी, शिक्षक संगठन, स्वास्थकर्मी संगठन लगाएत विभिन्न एमाले निकट घटक संघ संगठनका प्रतिनिधीहरुको लगाएकाे सहभागिता रहेको थियो ।


दर्शन खबर । २६ भाद्र २०७९, आईतवार