बराहतालद्धारा “जनताको साथमा नेपाली काङ्ग्रेस अभियान”कार्यक्रम सम्पन्न

हुम बहादुर कार्की गुर्भाकोट : बराहताल नेपाली काङ्ग्रेस बराहताल गाउँ पालिका कार्य समिती सुर्खेतको आयोजनामा महानायक स्व. बिपि कोइरालाको १०९औ जन्म जयन्ती को अबसर पारि “जनताको साथमा नेपालि काङ्ग्रेस अभियान” सहित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सुर्खेत का सह सचिब प्रकाश डिसिले नेपाली काङ्ग्रेस का सस्थापक स्व. जननायक बिपि कोइराला को १०९ औ जन्म जयन्तीको सुभकमना दिदै बिपि कोइरालाको फोटोमा मल्यापण टीका लगाउदै नेपाली काङ्ग्रेस जननायक बिपिका सिद्धान्त नीति नियम का साथ अघि बढे आउदो मंसिर ४ गते ढुक्क का साथ नेपाली काङ्ग्रेस पहिलो पार्टी हुने र सोही अनुरुप सबै कार्यकर्ता सुभ चिन्तक लागि पर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रम का सभाध्यक्ष नेपाली काङ्ग्रेस बराहताल गाउँ पालिका कार्यसमिति का सभापती भिम बहादुर भण्डारिले आउदो मंसिर ४ लाई लक्षित गरि जनता को साथ मा नेपाली काङ्ग्रेस अभियान मा सबैले हातेमालो गरि आउदो चुनाब मा नेपाली काङ्ग्रेस लाई बिजयी गराउन का लागि आ आफ्नो ठाउँ बाट आफ्नै जिम्मेवारी बहन गर्न अनुरोध गर्नु भएको थियो।

यसै गरि आज स्व. महानायक बिपि कोइराला को १०९औ जन्म जयन्ती सुर्खेतका विभिन्न ठाउँमा कार्यक्रम सम्पन्न भएका छन । उक्त कार्यक्रम मा नेपाली काङ्ग्रेस बराहताल गाउँ पालिका कार्यसमिती का पदाधिकारी भात्रुसंघ , सुभेच्छुक, सुभचिन्तक लगायत कृयाशिल सक्रिय सदस्य हरुको उपस्तिथि रहेको थियो ।

No description available.


तपाईको प्रतिक्रिया