नेकपा (एकीकृत ) समाजवादी सुर्खेतबाट को को भए उम्मेदवार सिफारिस ?


सुर्खेत । नेकपा (एकीकृत ) समाजवादी पार्टी सुर्खेतले प्रतिनिधीसभा प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।
प्रतिनिधीसभा क्षेत्र नम्वर १ बाट प्रत्यक्ष तर्फ यज्ञ रेग्मी,समानुपातिकतर्फ, देउकली थापा र गोकर्ण गुरुङ्ग सिफासि भएका छन् । यस्तै क्षेत्र नम्वर १ प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ अमृत प्रशाद जैसी र भुवन बुढा, समानुपातिक तर्फ राम बहादुर घर्ती र गौमाया वली सिफारिस भएका छन् ।
क्षेत्र नम्वर १ प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ जंग बहादुर राना र शिव प्रशाद उपाध्याय, समानुपातिक तर्फ टिका अधिकारी र सिता शर्मा सिफासि भएको एकीकृत समाजवादी पार्टी सुर्खेतले जनाएको छ ।
यस्तै, क्षेत्र नम्वर २ बाट प्रत्यक्षतर्फ कुलदिप भट्ट र समानुपातिकतर्फ टोप बहादुर राष्कोटी, ओम बहादुर बोहोरा, मदन खड्का, धना शाही, डम्मर बिक र राम कुमार दर्लामी सिफारिस भएका छन् ।

 

क्षेत्र नम्वर २ प्रदेशसभा (क)बाट प्रत्यक्ष तर्फ खगेन्द प्रशाद पोखरेल, शिव प्रशाद उपाध्याय र खड्ग केसी, समानुपातिक तर्फ बसन्त बिक, चक्र बहादुर घर्ती, बिर बहादुर रावत, नन्दा कुमारी शर्मा, राम सामै र माधव प्रशाद ढकाल उम्मेदवार सिफारिस भएका छन् । यस्तै क्षेत्र नम्वर २ प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ मोहनसिं बडुुवाल र समानुपातिक तर्फ मान बहादुर कामी, नारयण बयक, पदम रावल र चन्द्रकला बुढा सिफासि भएको एकीकृत समाजवादी पाटी जिल्ला कमिटी सुर्खेतले जनाएको छ ।


तपाईको प्रतिक्रिया