
सुर्खेत । सुर्खेतका एक युवाको साउदीमा मृत्यु भएको छ । लेकवेशी नगरपालिका वडा नम्वर ५ नेटा न्यावलखोला घर भई साउदी काे मदिनामा मजदुरी गर्दै आएका तारा बहादुर बुढाको आईतवार बेलुकी काम सकेर कोठामा फर्किदै गर्दा हृदयघात भई मुत्यु भएको बुढा संग कार्यरत उनका नेपालीहरु साथीहरुले जानकारी दिएका छन् । बुढा ९ महिना अघि साउदी गएका थिए । बुढाको शव नेपाल ल्याउने तयारी भईरहेको छ ।


दर्शन खबर । २० भाद्र २०७९, सोमबार