जोमसोमका लागि उडेको समिट एयरको विमान आकस्मिक अवतरण

पोखरा। पोखराबाट जोमसोमका लागि उडेको समिट एयरको विमानलाई आकस्मिक अवतरण गरिएको छ । प्राविधिक समस्या देखिएपछि पोखरा विमानस्थलमो नै अवतरण गरिएको हो ।

विमान उडेको ५–७ मिनेटमै समस्या देखिएपछि पोखरामै अवतरण गरिएको पोखरा विमानस्थलले जनाएको छ । विमानस्थल स्रोतका अनुसार विमान उडेको ५–७ मिनेटमै पाइलटले केही प्राविधिक समस्या आएको भनी जानकारी गराएका थिए ।

विमानमा १८ जना यात्रु रहेको र समस्याको आएर चेकजाँच गरेपछि पुनः उडान गर्ने जनाइएको छ ।


तपाईको प्रतिक्रिया