लोकसेवाको उत्तरपुस्तिकामा नाम,मोबाइल र रोल्न नम्बर लेख्ने उम्मेदवारको परीक्षा रद्द

कुलेन्द्र शाही सुर्खेत। लोक सेवा आयोगको परीक्षा दिँदा उत्तरपुस्तिकाको परीक्षकलाई प्रभावित पार्ने गरी उत्तरपुस्तिकाको भित्री पृष्ठमा आफ्नो नाम, रोल्न नम्बर र फोन नम्बर लेख्ने परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । कर्णाली प्रदेश लोक सेवा आयोगले लिएको इन्जिनियरिङ्ग सेवा तर्फको परीक्षामा २० जना उम्मेदवारले आफ्नो नाम, रोल्न नम्बर र एक जनाले आफ्नो मोबाइल नम्बर उत्तरपुस्तिकामा लेखेका थिए ।

विज्ञापन नम्बर ५०३-५०६/०७८/७९,सिभिल समुह,एकिकृत उपसमुह,सहायकस्तर, पाचौँ तह ,सव इन्जिनियरिङ्ग पदका लागि परीक्षा दिएका सोरु गाउपालिका १ मुगुका राजेन्द्र शाहीले आफ्नो फोन नम्बर तथा रम्भा ३ पाल्पाकि ममता पौडेल क्षेत्री,चन्द्रपुर ५ रौतहटका प्रेम जैसवाल,वीरेन्द्र नगरपालिका ११ सुर्खेतका प्रवीण पुलामी मगरले उत्तरपुस्तिकाको भित्री पृष्ठमा आफ्नो नाम र रोल्न नम्बर लेखेका थिए ।

महोत्तरी २ महोत्तरीका सरोज कुमार महतो,थलारा ६ बझाङका राम बहादुर चौहान मल्ल,हरिपुर ९ सर्लाहीका अरुण कुमार साह, अजयमेरु २ डडेल्धुराका सुरेश ताम्राकार, बादेबसाईन ६ सप्तरीका सुशील यादव, डुंगेश्वर ५ दैलेखका देव नारायण आचार्यले उत्तरपुस्तिकाको भित्री पृष्ठमा आफ्नो नाम र रोल्न नम्बर लेखेका थिए ।

यस्तै मिथिला बिहारी ६ धनुषाका राजेश कुमार यादव,लेकबेशी नगरपालिका १ सुर्खेतका प्रकाश बडुवाल, अजयमेरु ५ डडेल्धुराका भुवन चन्द्र जोशी, जानकी ४ कैलालीका राहुल कठरिया, दशरथ ४ बैतडीका प्रदीप भट्ट, हिमा गाउँपालिका ६ जुम्लाका वीरेन्द्र वहादुर अधिकारीले उत्तरपुस्तिकाको भित्री पृष्ठमा आफ्नो नाम र रोल्न नम्बर लेखेका थिए ।

यस्तै केदारस्यु ६ बझाङका डम्मर बहादुर धामी, चौरजहारी नगरपालिका ७ रुकुम पश्चिमकी हिरादेवी डाँगी सुनिल स्मृति ३ रोल्पाका लोकेन्द्र विष्ट, वित्थडचिर ८ बझाङका नरेन्द्र अवस्थी र बादेबसाईंन ७ सप्तरीका शम्भु प्रसाद साहले उत्तरपुस्तिकाको भित्री पृष्ठमा आफ्नो नाम र रोल्न नम्बर लेखेपछि उनिहरुको परीक्षा रद्द गरिएको हो ।

प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ६४ (१)बमोजिम उनिहरुको लिखित परीक्षा रद्द भएको हो । यस्तै, आयोगबाट आगामी एक वर्षसम्म हुने पदपूर्तिसम्बन्धी कुनै पनि परीक्षामा उनिहरुले उम्मेदवार हुन पाउने छैनन ।


तपाईको प्रतिक्रिया