अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका २१ गितानगर घर भई हाल काठमाडौंको बसुन्धारामा बस्‍दै आएका ३९ वर्षीय रविन अधिकारी भन्‍ने रविन्द्र अधिकारी रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो । उनले पीडितहरुबाट प्रतिव्‍यक्ति १ लाखका दरले ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।


तपाईको प्रतिक्रिया