समाजवादी संग पार्टी एकताको तयारी भईरहेको छ- प्रचण्ड (भिडियो सहित)


सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी संग एकताको तयारी भईरहेको बताएका छन् । पार्टी प्रशिक्षण कार्यक्रमका लागी शुक्रबार सुर्खेत आएका प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकाहरसंग कुराकानी गर्दै यस्तो बताएका हुन । पार्टी एकताका लागी तत्काल पार्टी एकता संयोजन समिती बनाउने र घोषणपत्र समेत एउटै बनाउने गरी आन्तरिक तयारी भईरहको उनले बताए ।
यस्तै सत्ता गठबन्धनको विषयमा सिट संख्या बाँडफाटमा कुरा मिलिसकेको दाबी गर्दै प्रचण्डले प्रदेशको सिट र निर्वाचन क्षेत्रमा पनि सहमती गरेर भोलिसम्म अन्तिम निष्कर्षमा पुग्ने बताए ।

उनले सिट बाँडफाँटका विषयमा गठबन्धन दलभित्र विमती नभए पनि अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल चलिरहेको बताए । यस्तै
प्रचण्डले आफू यसपटक पनि चितवन–३ बाटै चुनाव लड्ने प्रष्ट पारेका छन् ।
उनले एमालेसँग अहिले सहकार्य वा एकताको सम्भावना कहिँकतै नदेखिएको बताएका छन् ।


तपाईको प्रतिक्रिया