जैविक विषादी खरिदमा अनुदानको व्यवस्था गर्न माग


सुर्खेत । जैविक विषादी खरिदमा अनुदानको व्यवस्था गर्न माग गरिएको छ । हेल्भेटास नेपाल इन इलम परियोजनाको सहयोगमा कर्णाली वायो इनर्जी एण्ड अर्गानिक फर्टीलाइजर कम्पनीले विहिवार वीरेन्द्रनगरमा आयोजना गरिएको अर्गानिक मल तथा मुल्य श्रृखला प्रर्वद्धनका लागी समन्वय गोष्ठीका सहभागीहरुले यस्तो माग गरेका हुन् ।
रासायनिक मल खरिदमा अनुदान व्यवस्था गरे जस्तै जैविक मल प्रयोगकर्ता किसानलाइ पनि अनुदान तथा प्रोत्साहनकोे व्यवस्था गर्नु पर्ने माग गरेका हुन । कार्यक्रममा सहभागी एग्रोभेट व्यवसायी ओमदत्त भारतीले प्रदेश सरकारले किसानलाई जैेविकमल प्रयोग तथा खरिदमा प्रोत्साहन गर्नका लागी आवश्यक रहेको वताए । रसायनिक मल जस्तै प्राङ्गारिक मलमा समेत अनुदानको व्यवस्था गर्न माग गरे ।
कर्णाली प्रदेशलाई आर्गनिक प्रदेश वनाउनका लागी जैविक तथा प्राङ्गारिक मल उत्पादन तथा खरिद कर्तालाई सहयोग गर्नु पर्ने साथै व्यवसायिक पशुपालन वढाउन प्रदेश सरकारले काम गर्नु पर्ने बताए ।

रासायनिक मल भन्दा प्राङ्गारिक मल महगो हुने भएकाले किसानलाई अनुदान दीएर भएपनि प्राङ्गारिक मल प्रयोेग वढाए मात्र प्रदेशलाई अर्गानिक वनाउन सकीने भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख धन वहादुर कठायतले बताए ।
कर्णालीलाई अर्गानिक प्रदेश वनाउन रैथाने वाली प्रर्वद्धनमा सहयोग गरिने बताए । कर्णालीमा उत्पादन हुने वाली लाई व्यवसायिक उत्पादनमा सहयोग गर्ने तथा प्रत्येक जिल्लामा सहज रुपमा प्राङ्गारिक मल उपलब्ध गराउनका लागी सरकारले सहयोग गर्ने बताए ।
कर्णाली प्रदेशलाई अर्गानिक वनाउन सहयोग पुञ्याउनका लागी सहयोग पुञ्याउनका लागी व्यवसाय सुरुवाद गरेको कम्पनीका सञ्चालक टीकाराम न्यौपानेले वताए । कर्णालीमा अर्गानिक मल उत्पादनका लागी हेल्भेटास नेपाल इन इलम परियोजनाले सहयोग गरेको छ । इनोभेटीभ आइडिया भएका युवाहरुलाई व्यवसाय स्थापना तथा उनीहरुको व्यवसाय प्रर्वद्धनका लागी सहयोग गर्दे आएको इन इलम परियोजनाका टेक वहादुर सिंहले बताए

तपाईको प्रतिक्रिया