वीरेन्द्रनगरमा तीजको नाच हेर्ने क्रममा झडप, एक पुरुषको मृत्यु

हिन्दू नारीहरुको विशेष पर्व तीजको नाच हेर्ने क्रममा कुटिदा सुर्खेतमा एक पुरुषको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा उक्त पुरुष कुटिएका हुन । प्रहरीले हिजोे नाच हेर्नेक्रमम झडप भएको जनाएको छ । झडपका क्रममा २० वर्षीय रोशन जीसीमाथि ढुंगा प्रहार भएको जनाइएको छ ।

उनको राति अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले बताउनुभयो। घटनामा संलग्न रहेको भन्ने आधारमा चार जनालाई पक्राउ गरिएको पनि जनाइएको छ ।


तपाईको प्रतिक्रिया