वीरेन्द्रनगरको मध्यपश्चिम विश्व विद्यालय व्यवस्थापन संकायको बरण्डामा वेवारिसे शव फेला

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं ८ मा बेवारिसे लास फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं ८ स्थित मध्यपश्चिम विश्व विद्यालय व्यवस्थापन संकाय भवनको भुईतलाको बरण्डामा एकिन नामथर वतन नखुलेकी गहुँगोरो वर्ण भएकी अन्दाजी २८/२९ वर्षकी महिलाको हिजो सोमवार दिउँसो साढे २ बजे शव फेला परेको हो ।

मृतक लासको कानुन बमोजिमको प्रक्रिया पूरा भई परीक्षणका लागि प्रदेश अस्पताल कर्णाली प्रदेश कालागाँउ सुर्खेतको शव गृहमा राखिएकोे छ । मृतकको सनाखत भई नसकेकोले शवगृहमा सुरक्षित रहेको तथा घटानाबारे थप अनुसान्धन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

May be an image of 1 person, child and outdoors

तपाईको प्रतिक्रिया