‘अधुरै भयो’ गीत भिडियो सहित बजारमा आउँदै

कुलेन्द्र शाही सुर्खेत। नेपाली गित संगित उकालो लाग्ने क्रममा केही दिन अगाडी मात्रै एउटा निकै आशा लाग्दो भाबुक आधुनिक गीत ‘अधुरै भयो’ बोलको सुटिङ सम्पन्न भएको छ ।‘अधुरै भयो’ बोलको गीत र भिडियोको यति बेला धेरैले प्रतिक्षा गरिरहेका छन ।

काठमाण्डौको रमणिय स्थान चोबारमा केही दिन अगाडी मात्रै ‘अधुरै भयो’ बोलको गीतको सुटिङ सम्पन्न भएको हो । गीत संगित क्षेत्रमा निरन्तर लागिरहेका सबैको मनमुटुमा बस्न सफल र हजारौ गीत बजारमा ल्याईसकेका संगितकार सुवास कार्की (कार्की जि)ले उक्त गीत आफ्नो युट्युब च्यानल ‘कार्की जि’ मार्फत बजारमा सार्वजनिक गर्ने भएका छन ।

गीत संगितलाई अत्यन्तै माया गर्ने बिल्कुलै नयाँ गायक आदित्य बिक्रम डिएलले उक्त गीतमा स्वर दिएका छन भने सुवास कार्कीको लय तथा शब्दमा रहेको गित करिब एक हप्ता पछि बजारमा आउन लागेको निमार्ण समितिले जनाएको छ ।

उक्त गीतको म्युजिक भिडियोको कथा तथा निर्देशन ऋषि बराल (सिर्जन)ले गरेका छन भने छाँयाकन राम के सि ले गरेका छन । यस गितको रेकर्ड अलन्कार डिजिटल स्टुडियोबाट गरिएको छ ।

उक्त गीतको भिडियोमा अभिनय आदित्य शाही ठकुरी, अनुस्का घर्ति क्षेत्री र कमल बाबुले गरेका छन । आदित्य शाही ठकुरी सानै उमेरको छन तर सानो उमेरको भए पनि पछिल्लो समय टिकटकमा भाईरल भएका छन ।

उनले विभिन्न गीतमा भाबुक भिडियो बनाएर पोस्ट गरिरहेको हुन्छन । उनले बनाएको भिडियो सबैले मन पराएका छन भने उनलाई सबैले भिडियोमा अभिनय गरेको देख्ने अपेक्षा राखेका थिए । त्यो सबैकोे अपेक्षा आदित्यले पुरा गरेका छन ।


तपाईको प्रतिक्रिया