काठमाडौं । निर्वाचन आयोगले स्थानीय, प्रदेश र संघीय तहका बहालवाला जनप्रतिनिधिले प्रतिनिधि सभा वा प्रदेश सभामा उम्मेद्वारी दिएमा उनीहरुको पद स्वतः रिक्त हुने व्यवस्था गरेको छ ।
निर्वाचन आचारसंहिता मार्फत आयोगले स्थानीय तहको कार्यपालिका वा सभाको सदस्य, प्रदेश सभाको सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाको सदस्यले समेत मनोनयन दर्ता गरेमा उ पदमा नरहने व्यवस्था गरेको हो ।
त्यस्ता जनप्रतिनिधिहरु सामानुपातिकको बन्दसूचीमा रहेमा समेत पदमुक्त हुने निर्वाचन आचारसंहितामा उल्लेख छ ।


दर्शन खबर । १३ भाद्र २०७९, सोमबार