देशभर थप २ सय २ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

 

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार पुगेको छ ।

आइतबार ४६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ३१३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा देशभर २ हजार ६४ पीसीआर तथा १ हजार ७६९ एन्टिजेन परीक्षण भएको छ ।


तपाईको प्रतिक्रिया