काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।
६४३ पीसीआर परीक्षणमा ६५ जना र २ हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको हो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३ हजार ६१२ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


दर्शन खबर । ११ भाद्र २०७९, शनिबार