कुलेन्द्र शाही सुर्खेत/ राप्ति राजमार्ग अन्तरर्गत सल्यानको छत्रेश्वरीमा यात्रुबाहक अटो अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा चालक सहित ४ जना घाइते भएका छन । आज शुक्रवार बिहान ८ः४० को समयमा सल्यानको छत्रेश्वरी गाँउपालिका ६ भुमेस्वर स्थित राप्ति राजमार्ग अन्तर्गत भोटेचौरबाट शितलपाटी तर्फ आउँदै गरेको रा १ ह ५४४५ नम्बरको अटो एक्कासि अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर चालक सहित ४ जना घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुलाई तत्कालै उपचारको लागि परोपकार हस्पिटल श्रीनगरमा लगिएको छ । घाईते २ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उक्त अटो प्रहरीको नियन्त्रणमा रहेको छ ।


दर्शन खबर । १० भाद्र २०७९, शुक्रबार