काँग्रेसको निर्वाचन अभियान – सुर्खेत १ (क)मा चित्र रेग्मीलाई जिम्मेवारी


सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समितिले आसन्न निर्वाचनका लागि प्रदेश समिति सदस्य चित्र बहादुर रेग्मीलाई सुर्खेत १ (क) का लागि प्रतिनिधि तोकेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सफल बनाउन रेग्मीलाई सुर्खेत १ ९क० का लागि प्रतिनिधि तोकिएको हो ।
रेग्मीले काँग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सफल बनाउन काँग्रेस केन्द्रीय समितिबाट जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि र जिल्ला कार्यसमितिसँग समन्वय गर्ने गरि काम गर्नुपर्ने काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायाले बताए ।
सुर्खेत १ क मा निर्वाचन अभियान सफल बनाउन प्रतिनिधि तोकिएका रेग्मी काँग्रेसको कर्णाली प्रदेश कार्यसमिति सदस्य र वौद्धिक तथा पेशागत विभागका प्रमुख समेत हुन् ।


तपाईको प्रतिक्रिया