राष्ट्रिय परिचय पत्रका लागि वडाबाट विवरण संकलन हुँदै

बाँके / बाँकेमा आगामी असोज पहिलो हप्तादेखि वडाबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिने भएको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपालगञ्जमा आयोजना गरेको राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता अभियान सम्बन्धी समन्वय बैठकमा विभागका महानिर्देशक तीर्थराज भट्टराईले एउटा वडामा २ स्टेसन राखेर विवरण संकलन हुने जानकारी दिए ।

उनले अहिले ३८ जिल्लामा विवरण लिने काम सकिएको र १२ जिल्लामा जारी रहेको बताए । विभागले चालू आर्थिक वर्षमा ७० लाख मानिसको विवरण लिने र २० लाखलाई परिचयपत्र दिने रणनीति बनाएको छ । १६ वर्ष पुगेका नेपाली नागरिकलाई नागरिकता बनिसकेपछि राष्ट्रिय परिचयपत्र बनाउने गरिन्छ ।

राष्ट्रिय परिचयपत्र बनाउँदा भरिने विवरणले गर्दा नक्कल नहुने विश्वास गरिएको छ ।


तपाईको प्रतिक्रिया