स्थापना दिवसकै दिन विश्वविद्यालयमा आन्दोलन, प्रहरी जवान महत घाइते

सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयको ९ औँ स्थापना दिवसको अवसरमा संघिय राजधानीको एक नीजि कलेजले टिसर्ट सौजन्य प्रदान गरेकोमा विश्वविद्यालयका विभिन्न विद्यार्थी संघ/संगठनहरुले आपत्ती जनाउदै आन्दोलन गरेका छन ।


उक्त कलेजले सरकारी बिश्वविद्यालयको बार्षिक उत्सवको अवसरमा गरिने विभिन्न क्रियाकलापहरुमा टिसर्ट प्रायोजन गरेको प्रति विद्यार्थी संघ/संगठनहरुले कडा आपत्ती प्रकट गर्दै आन्दोलन गरेका हुन ।
काठमाडौंमा संचालन भएको उक्त नीजि कलेजको विज्ञापन हुने गरी विश्वविद्यालयलाइ टि–सर्ट सौजन्य दिएको विद्यार्थीहरुको भनाई छ । संयुक्त विद्यार्थी संगठनको नेतृत्वमा विश्वविद्यालयमा आन्दोलन गरिएको हो ।
विद्यार्थी संगठको तर्फबाट आन्दोलनको नेतृत्व गरिरहेका स्ववियु सभापति झक्कबहादुर शाहीले विश्व विद्यालय जुन उद्देश्य अनुसार स्थापना भएको हो त्यो उद्देश्य अनुरुप सञ्चालन नभई विश्व विद्यालयका पदाधिकारीहरुको मनोमानी तरिकाले चलिरहेकोले गर्दा आफुहरुले आन्दोलन गर्नु परेको बताए ।
आन्दोलका क्रममा प्रहरी जवान सुरेन्द्र महत घाइते भएका छन भने, केही विद्यार्थीहरु पनि घाइते भएका छन ।


आन्दोलनका क्रममा विद्यार्थी संघ/संगठनका केहि नेताहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।


तपाईको प्रतिक्रिया