निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो करिब १६ अर्ब,७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने

                                                                                        फाईल फाेटाे

काठमाडौँ । आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ । देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षार्थ खटिने प्रहरीको तलब भत्ता, खाना तथा खाजा खर्च र आवश्यक सवारीसाधन खरिद तथा भाडाका लागि आवश्यक बजेट माग गरिएको जानकारी दिए ।

राईका अनुसार नियमित सुरक्षामा खटिने प्रहरीका लागि आवश्यक सामग्री खरिद तथा तलब भत्ता र खाना खर्चका लागि बजेट माग गरिएको हो । उनले निर्वाचन सुरक्षा अत्यन्तै संवेदनशील विषय भएकाले न्यूनतम सुविधा दिन सके सुरक्षाकर्मीको मनोबल उच्च हुने बताए ।
बजेट माग गरिएकोमध्ये सबैभन्दा धेरै रकम म्यादी प्रहरीका लागि खर्च हुने जनाइएको छ । निर्वाचन सुरक्षाका लागि ४० दिन भर्ना हुने म्यादी प्रहरीका लागि तलब र आवश्यक सामग्री खरिदका लागि सात अर्ब ९१ करोड रुपियाँ आवश्यक पर्ने भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रहरीबाट खटिने सुरक्षाकर्मीका लागि नियमित तलब, दैनिक भत्ता, खाना तथा खाजा खर्चका लागि चार अर्ब ९६ करोड रुपियाँ माग गरिएको छ । निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरीलाई मतदान केन्द्रसम्म पु९याउन र ल्याउनका लागि एक हजार ३७८ साना सवारीसाधन ९पिकअप०सहित ११६ वटा बस भाडामा लिने तयारी भइरहेको जनाइएको छ ।

निर्वाचन स्थलको सुरक्षा गस्ती तथा उम्मेदवारको सुरक्षार्थ खटिने प्रहरीका लागि एक हजार ५९८ वटा मोटरसाइकल आवश्यक पर्ने जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

तपाईको प्रतिक्रिया