गठबन्धनका नेताहरुले ‘वान टू वान’ वार्ता गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन ।

कार्य दल र शिर्ष नेताहरुबीच मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन नसकेपछि नेताहरु वान टू वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन ।

सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढंगले टुंगो लगाउन शीर्ष नेताहरुबीच वान टू वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । कार्य दलका संयोजक समेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने अस्वस्थ भएका कारण बीच बैठकबाट जानुभएको थियो। त्यसैले पनि सहमति जुटाउने कार्यलाई प्रभावित पारेको मन्त्री कार्कीको भनाई थियो ।

गठबन्धन दलहरुबीच २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र २०७९ सालको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएर सिट बाँडफाँट गरेर जाने विषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताउँदै आएका छन ।

तपाईको प्रतिक्रिया