काठमाडौं / प्रतिनिधिसभाबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट बिहीबार जस्ताको तस्तै पारित भएको हो।
प्रतिनिधिसभामा विधेयकमाथि मतदान हुँदा प्रस्तावको पक्षमा १३५ मत र प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। मतदानको पक्ष र विपक्षमा मतदान गर्नका लागि १९५ सांसद बैठकमा उपस्थित भएका थिए ।
प्रतिपक्षी नेकपा ९एमाले० का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सदनमा मतदानका लागि जानकारी गराएका थिए ।


दर्शन खबर । २ भाद्र २०७९, बिहीबार