सल्यान / सल्यानमा लेनदेनको विषयलाई लिएर एसिड प्रहार भएको छ। सोमबार बेलुका साढे सात बजेको समयमा दार्मा गाउँपालिका–३ चम्फुटाकुराका बेचे रावतले माधक पदार्थ सेवनगरी एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार लेनदेनको विषयलाई लिएर एभरेष्ट लिसा कम्पनीले खोटो संकलन गर्न भनेर बेचेको घरमा राख्न दिएको एसिड आफ्नै भाईको श्रीमतीलाई छ्याप्ने प्रयास गरेका हुन्।
पसलमा बसीरहेको भाई भिमबहादुर रावत र उनको श्रीमती दिपा रावतलाई एसिड छ्याप्ने क्रममा ३२ वर्षीया भिमबहादुर रावतको शरीरमा समेत पर्न गई घाइते भएको प्रहरीको भनाई रहेको छ।
ईलाका प्रहरी कार्यालय दार्मा, सल्यानले एसिड छ्याप्ने बेचे रावतलाई नियण्त्रणमा लिई उनको घरमा राखेको अन्दाजी २०र२२ लिटर एसिड समेत बरामद गरेको छ।
साथै तीनै जनाको अनुहार लगायत शरीरको विभिन्न भागमा एसिड पर्ने गएर पोलिएको र उनिहरुको उपचार श्रीनगर सल्यानमा भईरहेको प्रहरीको भनाई रहेको छ ।नेपालीरैबार


दर्शन खबर । ३१ श्रावण २०७९, मंगलवार