छिन्चु स्वास्थ्य चौकीको वार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न 

भेरीगंगा/ छिन्चु स्वास्थ्य चौकीको सामाजीक वार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।हिजो (सोमवार) स्वास्थ्यचौकी भेरीगंगाको आयोजनामा गरीएको कार्यक्रममा स्वास्थ्य संस्थाको सुधारका लागी ५ बुदेँ प्रतिबदता समेत गरिएको छ ।

नेपाल सरकारले निशुल्क रुपमा वितरण गर्ने आषौषधीको उपलब्धतालाई सहज बनाउन पहल गर्ने, स्वास्थ्य संस्थामा नागरिक वडापत्र, सुचना पाटी र सुझाव पेटिकाको प्रयोगलाई बढाउने, प्रसुती सेवालाई प्रभावकारी बनाउने र फोहोर व्यवस्थापनमा ध्यान पु¥याउने जस्ता प्रतिद्धताहरु गरिएको छ । स्वास्थ्य चौकीका ईन्चार्ज हरी प्रसाद उपाध्यायले स्वास्थ्य संस्थाले वर्षमा गरेका कामहरुको समिक्षात्मक प्रस्तुतीकरण राख्नु भएको थियो । सोहि प्रस्तुतीकरणका आधारमा प्रश्नोत्तर विधिबाट छलफल गरिएको थियो ।

स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष एवं भेरीगंगा नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष रामबहादुर डाङ्गी को अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी धनसरा बोहोराले स्वास्थ्य संस्थाले सामाजिक परिक्षणको गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागी सरोकारवालाको सुझाव लिनु भेरीगंगाको स्वास्थ्य क्षेत्रमा नयाँ कामको सुरुवात गरेको बताउनुभयो ।

सबै जसो स्वास्थ्य संस्था तथा विषयगत शाखाहरुले पनी वार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम गरी सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँको भनाई रहेको थियो । यस्तै विशेष अतिथी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत कृष्ण प्रसाद पोख्रेलले छिन्चु स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक सयोग गर्न तयार रहेको बताउनु भयो ।

यस्तै नगर स्वास्थ संयोजक राज कुमार बुढाले स्वास्थ्य सेवा प्रवाहमा जनातालाई सहज बनाउन सबै सरोकारवालाहरुले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने र नेपाल सरकारले निशुल्क रुपमा वितरण गर्ने औषधीहरुको उपल्धतालाई सहज बनाउन आवश्यक समन्वय गरी औषधीको कमी हुन नदिन सक्दोे प्रयास गर्ने बताउनुभयो ।

यस्तै वडा नम्वर १२ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर डाङ्गीले छिन्चु स्वास्थ्य चौकीको सेवा प्रवाहलाई व्यवस्थापन गर्न लागपरेको बताउँदै सवै संघ संस्था नगरपालिका, नगर स्वास्य शाखा र सरोकारवाला निकायहरुले समय समयमा सल्लाह तथा सुझाव दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणीज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, महासचिव पुर्ण बहादुर खत्री, भेरीगंगा नगरपालिकाका प्रशासन अधिकृत एवं सुचना अधिकारी कुल बहादुर खड्का, महिला स्वास्थ्य स्वयमसेविका तथा विविभन्न संघ संस्थाका प्रतिनिधी र सेवाग्राहीहरुको सहभागिता रहेको थियो, भने कार्यक्रमको सहजीकरण पत्रकार युवराज पंगालीले गर्नु भएको थियो ।

No description available.


तपाईको प्रतिक्रिया