कुलेन्द्र शाही सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० दिपनगर लालिगुराँस टोल स्थित लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन ।
लागु औषध नियन्त्रण ब्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा उक्त स्थानबाट वीरेन्द्रनगर नगरपालिका ४ रातोपुल स्थायी घर भएर वीरेन्द्रनगर नगरपालिका १० दिपनगर लालिगुराँस टोल स्थित कोठाभाँडामा बस्ने ३३ वर्षका कृष्ण सुनचरिलाई आज सोमवार बिहान ८ बजे पक्राउ गरेको हो ।
उनिलाई शंकास्पद अवस्थामा फेलापारी उनको साथबाट र कोठा खानतलासी गर्दा र प्लाष्टिक सहित ७० मिलिग्राम र प्लाष्टिक बाहेक शुद्ध ४० ग्राम मिलिग्राम जस्तो देखिने धुलो पदार्थ लागुऔषध ब्राउन सुगर जस्ता देखिने धुलो पदार्थ फेलापारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।


दर्शन खबर । ३० श्रावण २०७९, सोमबार