भेरीगंगामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

कुलेन्द्र शाही भेरीगंगा / भेरीगंगामा आज थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । छिन्चु स्वास्थ्य चौकीमा १० जनाको एन्टिजेन परिक्षण गर्दा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छिन्चु स्वास्थ्य चौकीका प्रमुख हरी प्रसाद उपाध्ययले जानकारी दिनुभयो ।

योसँगै तेस्रो लहर सुरु भएयता भेरीगंगामा कूल संक्रमितको संख्या २४ पुगेको छ । यस्तै गत शुक्रबार थप १० जना निको भएका छन । योसँगै निको हुनेको संख्या १० नै रहेको छ । अहिले भेरीगंगामा कूल सक्रिय संक्रमितको संख्या १४ रहेको प्रमुख उपाध्ययले बताउनुभयो ।


तपाईको प्रतिक्रिया