डोल्पामा सडक खन्ने क्रममा पहिरोमा स्काभेटर पुरिदा चालकको मृत्यु

सुर्खेत / डोल्पामा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोमा स्काभेटर पुरिदा चालकको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–३ जिऊमा सडक खनिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा बाँके घर घएका चालक सुरज बसाल मगरको मृत्यु भएको हो ।

अन्दाजी ३१ वर्षीय मगर नेपालगञ्ज उपमहानगरपालिका–१९ राँझा बाँकेका रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । पहिरोका कारण स्काभेटर पुरिएको छ । घटनाको जानकारी पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक दिपक महत क्षेत्रीको टोली खटिएको जनाएको छ ।


तपाईको प्रतिक्रिया