२४ घन्टामा कोरानाबाट दुई जनाको मृत्यु, थप २ सय ६३ मा संक्रमण


काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । ५ सय १ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सो अवधिमा देशभरबाट ३१६५ नमूना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३९९ र एन्टिजेनबाट १७६६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १६२ र एन्टिजेनबाट १०१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
हाल कोरोना सक्रिय संक्रमितको संख्या ५४३४ पुगेको छ ।


तपाईको प्रतिक्रिया