नेकपा एमालेका जनसंगठनहरुले आज सुर्खेतमा प्रदर्शन गर्दै


सुर्खेत । नेकपा एमालेमा आवद्ध जनसंगठनहरुले आज कर्णाली प्रदेशको राजधानीमा प्रदर्शन गर्दैछन् । वर्तमान गठबन्ध सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न ध्यान नदिएको भन्दै त्यस विरुद्ध जनसंगठन संयन्त्रको अगुवाइमा नेकपा (एमाले)ले सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रर्दशन गर्न लागेको हो । जनसंगठन संयन्त्र कर्णाली प्रदेशको अगुवाइमा प्रदर्शन हुने एमाले कर्णाली प्रदेश कमिटिका प्रचार विभाग प्रमुख सूर्यमणि गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनमा कर्णालीका दश वटै जिल्लाबाट प्रतिनिधिमूलक सहभागिता रहनेछ । संयन्त्रको साउन १७ गते बसेको बैठकले वर्तमान सरकारका गलत कार्यहरुको भण्डाफोर गर्न बृहत प्रर्दशन गर्ने निर्णय गरेको थियो । प्रदर्शन दिउसो २ बजे मंगलगढीचोकबाट सुरु हुने जनाइएको छ ।


तपाईको प्रतिक्रिया