
रौतहट । नेपाली कांग्रेस मधेश प्रदेश कमिटीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्नअनुरोध गरेको छ ।
नेपाली काँग्रेस मधेस प्रदेश कार्यसमितिका सभापति कृष्णा यादवको सभापतित्वममा कार्यसम्पादन समितिको प्रदेश कार्यालय धनुषाको जनकपुरमा बसेको बैठकले संसदको दुइवटै सदनबाट पारितभई राष्ट्रपनि समक्ष प्रमाणीकरणको लागि पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी विचाराधिन राखेको प्रति असंतुष्टि जनाउँदै यसलाई प्रमाणीकरण गर्नको लागि अनुरोध गरेको छ ।
बैठकले नेपाली कांग्रेसका सभापति शेर कहादुर नेतृत्वको सरकारले नागरिकता विधेयक पारित गराउन सफल भएकोमा प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई विशेष धन्यवाद दिएको सुचना , सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार बैठकले नेपाली कांग्रेसको सहयोग र सहभागितामा बनेको मधेस सरकार माथि अनियमितता लगायतका विषयमा आम जनमानस र सरकारका अंग र निर्णयकर्ताहरु माथि भ्रष्ट्रचारको मुद्धा दर्ता भएको प्रति गम्भिर ध्यानाकर्षण गर्दै सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुको कार्यसम्पादनबाट आम नागरिक र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु समेत संतुष्ट हुन् ।
नसकेको भन्दै मन्त्रीहरुलाई सरकारमा प्रभावकारी उपस्थिती जनाउन निर्देशन समेत दिएको छ । मधेस प्रदेश सरकारमा काँग्रेसबाट रामसरोज यादव भौतिक मन्त्री छन् भने वीरेन्द्रसिंह खेलकुद मन्त्री छन् ।
बैठकले आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागि सम्पूर्ण समिति, विभाग, भातृ संघ संस्थाहरु परिचालन गर्न निर्देशन जारी गर्दै मधेश प्रदेशका आठ जिल्लामा जिल्ला र प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने निर्णय गरेको गुप्ताले बताए ।


दर्शन खबर । २७ श्रावण २०७९, शुक्रबार