नेपाल टेलिभिजन : तीन वर्षपछि खुलेको लिखित परीक्षा स्थगित

काठमाडौं / नेपाल टेलिभिजनको आन्तरिक प्रतिस्पर्धा खुला तथा समावेशी तर्फका विभिन्न विज्ञापनको लिखित परीक्षा स्थगित भएको छ।

लोक सेवा आयोगले लिखित परीक्षा सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्म परीक्षा नगराउन भनी अल्पकालिन अन्तरिम आदेश दिएपछि रोकेको जनाएको छ। नेपाल टेलिभिजनको पाँचौ तह वरिष्ठ समाचार सहायक लगायत विभिन्न पदका लागि २०७६ सालमै विज्ञापन खुलेको थियो। तर,समयमा परीक्षा हुन सकेन।

उक्त विज्ञापनको परीक्षा तीन वर्षपछि यही साउन ३० गतेदेखि १४ गतेसम्म सञ्चालन गर्नेगरि टेलिभिजनको परीक्षा तालिका सार्वजनिक गरेको थियो। नेपाल टेलिभिजनले पनि लिखित परीक्षा स्थगित गरेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया