जुम्लामा लक्ष्यभन्दा ७ करोड बढी राजश्व सङ्कलन

जुम्ला – जुम्लामा गत आर्थिक वर्षमा लक्ष्यभन्दा ७ करोड बढी राजश्व सङ्कलन भएको छ । आव २०७८र७९ मा आन्तरिक राजश्व कार्यालय जुम्लाले लक्ष्यभन्दा ७ करोड बढी राजश्व सङ्कलन गरेको हो ।

वार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजश्व कार्यालय जुम्लाले गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजश्व सङ्कलन गरेको छ । लक्ष्यभन्दा ७ करोड १७ लाख ८८ हजार बढी राजश्व उठेको आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत डिलाराम सापकोटाले बताउनुभयो ।

कार्यालयका अनुसार हालसम्म जुम्ला, कालिकोट र मुगुका गरी करदाता सङ्ख्या २५ हजार बढी पुगेको छ । जसमा १३ हजार व्यावसायिक प्यान दर्ता भएको छ भने १२ हजार व्यक्तिगत प्यान दर्ता भएका छन् ।

चालु आवमा आन्तरिक राजश्व कार्यालय जुम्लाले ४७ करोड ५६ लाख ८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । पछिल्लो समय बढ्दै गएको करदाता शिक्षा, असुली सक्रियता लगायत कारणले राजश्व सङ्कलन बढ्ने गरेको छ ।रेडियो नेपाल


तपाईको प्रतिक्रिया