मुगुमा भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

मुगु / मुगु जिल्ला मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ। मुगु छायाँनाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका २८ वर्षीया सिंह बिक मृत्यु भएको हो।

लुम्साबाट मुगम कार्मारोङ गाउँपालिका–३ आवासिय विद्यालय टाहा जाने क्रममा माथिबाट ढुङ्गा आएको ढुङ्गा टाउकोमा चोट लागि घटना स्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मृतक बिकको शव प्राथमिक स्वास्थ्य केन्द्र पुलुमा पोष्टमार्टमका लागि लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


तपाईको प्रतिक्रिया