ठेकेदार कम्पनीबाट ठगिए सिम्ताली नागरिक

सुर्खेत । सिम्ता गाउँपालिका वडा नम्वर २ काफलकोटमा निर्माण भएको स्वास्थ्य चौकी भवनको निर्माण गर्दा काम गरेका कामदारको पैसा ठगिएको छ ।

२०६८ साल पौष २९ गते सहरी विकास कार्यालयको लगानीमा फ्रेन्ड्स कन्ट्रक्सन काठमाडौँले ठेक्का सम्झौता गरी १० वर्ष लगाई सम्पन्न गरेको स्वास्थ्यचौकीको भवन निर्माणका लागी काम गरेका कामदारहरुले पारीश्रमीक नपाएको बताएका छन् ।

निर्माण कम्पनीले स्थानीयसंग लगेको नगद तथा काम गरेवापतको रकम नदिएको स्थानिय रेशम बहादुर महतराले बताए । करिव दर्जन बडी नागरिहकहरुले नगर ३ लाख भन्दा माथी निर्माण कम्पनीलाई ऋण दिएका थिए । यस्तै ईमान सिं लगाएत दर्जन भन्दा बढी कामदाले काम गरेवापत पारीश्रमीक नपाएको बताएका छन् ।

स्वास्थ्यचौकी निर्माण गर्दा स्थानीयहरुबाट नगद पैसा तथा काम गरेबापतको पैसा नपाउँदा काफलकोटबासीहरु मर्कामा परेको स्थानीयको भनाई रहको छ । शहरी विकास कार्यालयको निर्माण गरिएको स्वास्थ्य चैकी भवनको १ करोड ९४ लाख २३ हजार ८ सय ९८ रुपैँया लागत स्टमेट रहेकोमा निर्माण कम्पनीले १ करोड ३१ लाख ५६ हजार ६ सय २३ रुपैयाँमा सम्झोता गरी काम सुरु गरेको थियो ।

सम्झौता भएको १० वर्ष पछी रण बहादुर रानाका छोरा लोकेन्द्र जंग राणाको नाममा २०७८ साल असार २३ गते १ करोड ९ लाख ७८ हजार रुपैयाँ भुक्तानी लिईसकेको जनाईएको छ । निर्माण कम्पनीले गर्नुपर्ने मर्मत सम्हार अन्तरगत, सोलार जडान, झ्याल, ढोका मर्मत तथा उप्किएको पलास्टर समेत मर्मत नगरेको वडा नम्वर २ का पुर्व वडा अध्यक्ष एवं स्थानिय हरी बहादुर सिंहले जानकारी दिए ।

फ्रेन्ड्स कनट्रक्सन काठमाडौँले निर्माणको जिम्मा पाए पनी काम गर्नका लागी पेटी ठेक्कामा शिवालय गाउँपालिका वडा नम्वर २ का रण बहादुर रानालाई जिम्मा दिएको थियो । राणाले जिम्मा लगेको स्वास्थ्य चौकी भवन निर्माण गर्दा जनाताको पैसा ठगेको र हाल सम्म पनी सम्पर्कमा नआएको स्थानियको भनाई रहेको छ ।

हामीले निर्माण कम्पनीका संचालकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

 

तपाईको प्रतिक्रिया