काठमाडौं / सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषदको बैठकले उनलाई पदबाट हटाएको हो ।
यसअघि असार पहिलो साता सरकारले उनलाइ निलम्बन गरेर छानबिन सुरू गरेको थियो । छानविन समितिको प्रतिवेदनका आधारमा नै उनलाई आज बर्खास्त गरिएको हो ।
कानूनी आधार र औचित्यबिना नै नेपाल एयरलाइन्सको ट्वीनेटर विमान भाडामा दिएको, वायुसेवा निगमका टिकट मनलाग्दी बेचेको, निगमको प्रभावकारिताको लागि रणनीतिक योजना बनाई कार्यान्वयन गर्न नसकेको लगायत विभिन्न आरोप उनीमाथि लगाइएको थियो ।
उनीमाथि लागेका आरोपको छानबिन गर्न समिति गठन गरेसँगै निलम्बनमा परे पनि अधिकारी सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनः काममा फर्किएका थिए ।


दर्शन खबर । १९ श्रावण २०७९, बिहीबार