सुर्खेत ।
‘कला संस्कृति कृषि पर्यटन उधोग ब्यापार समृद्ध कर्णाली प्रदेश बनाउने मुल आधार’ भन्ने मुल नाराका साथ कला संस्कृती पर्यटन प्रवद्र्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणिज्य संघ भेरीको सहआयोजनामा सुर्खेतको भेरीगगामा सन्चालन भइरहेको भेरीगङ्गा उपत्यका महोत्सव २०७६ को अन्तिम दिन जेष्ठ २७ गते चर्चित गाएक प्रकाश सपुत आउने भएका छन ।

गलबन्दी च्यातियो, बोल माया, लैबालै फरर, नौरङ्गी सपथ जस्ता थुप्रै चर्चित लोक तथा दोहोरी गीतहरुबाट चर्चाको शिखर चुमेका गाएक प्रकास सपुत महोत्सवमा आउने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको अन्तिम दिन गाएक सपुत सगै भेरीगङ्गाका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहनेछ ।



दर्शन खबर । २६ जेष्ठ २०७६, आईतवार