दिपेन्द्र पंगाली गुर्भाकोट / सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मा रहेको मेहेलकुना अस्पतालमा बन्दै गरेको अक्सिजन प्लान्ट जडान कार्य समापन भइ परिक्षण समेत गरिएको छ । उक्त अक्सिजन प्लान्ट युएनडिपि को आर्थिक सहयोगमा मेहेलकुना अस्पतालमा निर्माण भएको हो। आर्थिक सहयोग गरेको युएनडिपि (UNDP) ले हिजो एक कार्यक्रमका बीच नगरपालिकालाई हस्तान्तरण गरेको हो।
अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा कार्यबाहक नगर प्रमुख मैना बिक,मेहेलकुना अस्पतालका निमित्त मेडिकल सुपेरिडेन्ट डाक्टर बिनोद कुमार यादब,गुर्भाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बासुदेब शर्मा , ८ वडा अध्यक्ष किरण बिक, युएनडिपिका कर्मचारीहरु,,लगाएत अस्पतालमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो। अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन लिनको लागि अन्यत्र जानुपर्ने छुटकारा मिलेको र पुर्बी सुर्खेत सहित विभिन्न जिल्लाका बिरामी हरुले सहजै सेवा पाउने बिश्वास गरिएको छ।


दर्शन खबर । १९ श्रावण २०७९, बिहीबार