
सुर्खेत । लेकवेशी नगरपालिका वडा नम्वर ४ दशरथपुर र भेरीगंगा नगरपालिका वडा नम्वर ११ रामघाट जोड्ने भेरी नदीको झोलुङ्गे पुलको मर्मत कार्य सुरु भएको छ ।
रामघाट र दशरथपुर जोड्ने झोलुङ्गे जिर्ण बन्दै गएपछी दुर्घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पुलको मर्मत कार्य सुरु गरिएको हो ।
दैनीक सयौँको संख्यामा स्थानिय नागरिक तथा मोटरसाईकलहरु ओहोर दोहोर गर्ने पुल जिर्ण बन्दै गएपछी दुर्घटनाको जोखीम बढेको भन्दै स्थानियले चासो व्यक्त गरेका थिए ।
लेकवेशी नगरपालिकाको पहलमा कुल ३ लाख २० हजार लागतमा पुल मर्मत कार्य सुरु गरीएको लेकवेशी नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष लोकेन्द्र थापाले जानकारी दिए ।
पुल मर्मत सुरु भएपछी मोटरसाईकल आवगमन १५ दिनका लागी बन्द गरीएको र वैकल्पीक पुलको रुपमा भेरीगंगा ११ साँधीखोला र लेकवेशी वडा नम्वर ३ गोरामारे जोड्ने पुलको प्रयोग गरी आवत जावत गर्न वडा अध्यक्ष थापाले सुझाव दिएका छन् ।
२०६० सालमा ससत्र द्धन्दको समयमा तत्कालीन विद्रोही पक्षको तर्फबाट ढालीएको पुल पहिलो संवीधान सभा निर्वाचन बखत २०६४ सालमा पुनः निर्माण गरीएको थियो ।


दर्शन खबर । १८ श्रावण २०७९, बुधबार