बेवारिसे शवको १२ दिन सम्म खुलेन पहिचान

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ गिलबाङ निपानेमा फेला परेको महिलाको शवको अझै पहिचान खुलेको छैन । बेवारिसे अवस्थामा फेला परेको शवको अहिलेसम्म पनि पहिचान हुन सकेको छैन । साउन ६ गते शुक्रबार साँझ निपानेको एक गोठमा भेटिएको अन्दाजी ३५ /४० वर्षिया महिलाको शव भेटिएको १२ दिन पुग्दा सम्म पनि पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ।

शव फेला परेको ७ दिनसम्म पनि पहिचान नखुलेपछि शवको व्यवस्थापन प्रहरीले गर्ने भएपनि उक्त घटना शंकास्पद देखिएकोले मृतक महिलाको शव जिल्ला अस्पताल सल्लेको शव गृहमा सुरक्षित राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक डिएसपि विष्णु सोतीले जानकारी दिए ।

६ गते साँझ गिलबाङ निपानेको एक गोठमा शव कुहिएको अवस्थामा रहेको छ भनि स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । उक्त स्थानमा प्रहरीले टाउकोको पुरै भाग सडेर खसेको अवस्था महिलाको शव फेला पारेको थियो ।


तपाईको प्रतिक्रिया