कर्णालीका ११ वटा पालिकाका विद्यालय नर्स राखीदैँ

सुर्खेत । कर्णालीका १ सय ९ वटा विद्यालयहरुमा विद्यालय नर्स राखीने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तरगत ११ वटा स्थानिय तहका विद्यालयहरुमामा नर्स राखिने भएको हो ।जस अन्तरगत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका २० भेरीगंगा नगरपालिकाका १० वटा विद्यालय रहेका छन् । दैलेखको नारायण नगरपालिकाका १०, कालिकोटको खाँडाचक्र नगरपालिकाका १० वटा विद्यालय, जुम्लाको चन्दननाथ नगरपालिकाका ५ वटा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका ५ वटा विद्यालय, हुम्लाको सर्केगाड गाउँपालिकाका ४ वटा विद्यालय रहेका छन् ।
त्यस्तै, सल्यानको शारदा नगरपालिकाका १० वटा विद्यालय, त्रिवेणी गाउँपालिका भित्रका ११ वटा विद्यालय, जाजरकोटको छेडागाड नगरपालिकाका १४ र रूकुमपश्चिमको मुसिकोट नगरपालिका भित्रका १० वटा विद्यालयमा नर्स राखिने भएको हो ।
विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्य यस कर्याक्रमको रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशनअनुसार चालु आर्थिक वर्षमा देशभरका दुई सय ३२ विद्यालयमा नर्स नियुक्त हुनेछन् ।


तपाईको प्रतिक्रिया