धनगढी / अछाममा एक गाउँपालिकाका अध्यक्षले आफ्नी श्रीमतीलाई भान्सेको जागिर दिएका छन्। जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नी श्रीमतीलाई जागिर खुवाएका हुन्। अध्यक्ष साउँदको ठाडो निर्देशनमा उनीकी श्रीमती जयसरा साउदलाई विज्ञापन बिना (कार्यालय सहयोगी) भान्से पदमा नियुक्त गरिएको हो।
जयसरालाई करार सेवा अन्तरगत जेठ १५ गतेदेखि लागू हुनेगरि मंसिर १५ गतेसम्म (६ महिना) का लागि नियुक्त गरिएको छ। जयसराले मासिक २१ हजार ३ सय तलव र वार्षिक १० हजार पोशाक भत्ता दिइने जनाइएको छ। अहिले करारमा अध्यक्षले आफ्नै श्रीमतीलाई जागिर दिएको भन्दै आलोचना भइरहेको छ।
यस विषयमा बुझ्दा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले पालिका अध्यक्षले नै करारमा भान्से नियुक्त गर्न लगाएको बताएका छन्। आफूलाई पनि सजिलो हुने बताएपछि उनकै श्रीमतीलाई भान्से राखिएको उनले बताए।
यस्तै गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले भने यो हल्लाको विषय मात्रै भएको बताए। तर, नियुक्त गरिएको पत्र नै सार्वजनिक भएको छ। त्यो हामीसँग पुगेको छ नी ? भन्ने प्रश्नमा उनले जवाफ नै नदिइ फोन काटे। थाहा



दर्शन खबर । १६ श्रावण २०७९, सोमबार