कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना सङ्क्रमण

काठमाडौं/ नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ। शनिबार बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।

उनका अनुसार नेता कोइरालालाई हिजो बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो। अहिले नेता कोइरालाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशनमा भइरहेको छ।


तपाईको प्रतिक्रिया